काभ्रेको खानीखोला–१ मा एक मतले हार्‍यो एमाले, माओवादी केन्द्र विजयी

काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर १ मा १ भोटले माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका सन्तमान थिङले ५ सय ४८ मत पाएर विजयी भएका हुन् ।

उनले निकटम प्रतिस्पर्धी एमालेका आशाराम गोलेलाई १ भोटले पराजित गरेका छन् । माओवादीले ५ सय ४८ मत पाउँदा एमालेले ५ सय ४७ मत पाएको छ ।

कमेन्ट गर्नुहोस्