कैलालीको जोशीपुरमा रेशम चौधरीको पार्टीलाई अग्रता

कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाको प्रमुख उपप्रमुखमा रेशम चौधरीको पार्टीका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । यो पालिकामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार क्रमश चित्रबहादुर चौधरी र रेखादेवी कठरियाले ६४९ र ६६७ मत ल्याएका छन् ।

सो पालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई राप्रपाका उम्मेदवारले पछ्याइरहेका छन् । राप्रपाका भमिबहादुर बमले पछ्याइरहेका छन् ।

वडानम्बर १ को जारी मतगणनामा तेस्रोमा काँग्रेस र चौथोमा एमालेका उम्मेदवारले मत ल्याएका छन् । काँग्रेसका अध्यक्षका उम्मेदवारले ४२४ मत ल्याउदा एमालेका उम्मेदवारले १७१ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्