जीतपुर सिमरा उपमहानगरमा माओवादी केन्द्रकाे अग्रता कायमै

जीतपुर। जीतपुर सिमरा उपमहानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । गठबन्धनबाट मेयरमा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल ३ हजार ७०१ मत ल्याएर अग्रता कायम गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धीमा एमालेकी सरस्वती चौधरीले २ हजार २४६ मत ल्याएर पछ्याईरहेकी छिन ।

त्यस्तै उपप्रमुखमा गठबन्धन तर्फकी उम्मेदवार मेघा शाहीले ३ हजार ५५२ मत ल्याएकी छिन् भने एमालेका उम्मेदवार भोला अधिकारीले २ हजार ४२० मत ल्याएका छन् । तेस्रो स्थानमा लोसपाका प्रमुखका उम्मेदवार सञ्जयकुमार साहले १ हजार २६८ र उपप्रमुखमा विपि मोक्तानले १ हजार १७२ मत ल्याएकी छिन् ।

कमेन्ट गर्नुहोस्