आँबुखैरेनी–१ मा माओवादी केन्द्रको प्यानलै विजयी

तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ को वडाध्यक्षसहित सदस्यमा माओवादीको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा माओवादीका प्रेमबहादुर गुरुङ ८ सय ५१ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी कांग्रेसका किसन थापाले चार सय १५ मत प्राप्त गरे।

सदस्यमा माओवादीकै हरिबहादुर गुरुङले ७ सय ५२, कुमारबहादुर मगरले ७ सय ४८, महिला सदस्यमा माओवादीकै बसुन्धरा गौलीले ७ सय ५२ ल्याएका छन्।

कमेन्ट गर्नुहोस्