मनहरी २ को अध्यक्षमा माओवादीका पाख्रिन निर्वाचित

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ को वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार पाख्रिन निर्वाचत भएका छन् । पाख्रिन ५ सय ४५ मतसहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

मनहरी–२ मा कुल १ हजार ४ सय ८३ मत खसेको थियो । जसमध्ये पाख्रिनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २४ मत,नेकपा एमालेका उम्मेदवारले ४ सय २० मत र स्वतन्त्र ९पुतली० का उम्मेदवारले ३८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रबाट महिला सदस्यका उम्मेदवार ५ सय ४८, दलित महिला सदस्य ५ सय ३७, खुल्ला सदस्य ५ सय २४ र खुल्ला सदस्य दुईमा ४८९ मतसहित जित हासिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्