एमाले केन्द्रीय सचिब पद्मा अर्यालका श्रीमान वडा सदस्य मै पराजित

स्याङ्जा । एमाले सचीव पदमा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा नै पराजित भएका छन्। पौडेलले जिल्ला समन्वय समितिको अध्यक्षमा उम्मेदवारी दिने गरि सदस्यमा उम्मेदवार दिएका थिए।

वालिङ नगरपालिका वडा एकमा करिब पाँच सयको मतान्तरसहित नेपाली काङ्ग्रेसका २६ वर्षीय शम्भव अर्याल निर्वाचित भएका छन्।वडा १ मा १८३४ मत खसेको थियो । वडा सदस्यमा विजयी काँग्रेसका सम्भव अर्यालले १ हजार ११२ मत ल्याए भने पराजित पौडेलले ६४५ मत ल्याएका छन् ।

वालिङको १ र २ वडामा काँग्रेसको प्यानल नै विजयी भएको छ । वडा नम्बर ३ मा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।

यस वडाको वडा अध्यक्षमा नेपाली काँग्रेसका पदम राज गुरुङ विजयी भए । वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका गुरुङले ८४९ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गिरमान गुरुङले ६०३ मत प्राप्त गरे । वालिङ नगरपालिकाको मेयरका लागि काँग्रेसबाट दिलीपप्रताप खाँण र एमालेबाट कृष्ण खाँण प्रतिस्पर्धामा छन् ।

कमेन्ट गर्नुहोस्