दाङका गाउँपालिकाहरुमा माओवादीको अप्रत्याशित सुधार, सातमध्ये पाँच गापामा अग्रता

दाङ । दाङका गाउँपालिकाहरुमा नेकपा माओवादी केन्द्रको अप्रत्याशित सुधार देखिएको छ ।

दाङका सात गाउँपालिकामध्ये अहिलेसम्म माओवादीले सात गाउँपालिकामा अग्रता लिएको छ । अग्रता लिएकामध्ये माओवादीले तीन पालिकामा गठबन्धन गरेको छ भने दुई पालिकामा एकलरुपमा अग्रता लिएको छ ।

माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा एउटा गाउँपालिका मात्रै जितेको थियो । अहिले बंगलाचुली, राजपुर र राप्तीमा फराकिलो मनान्तरसहित अग्रता लिएको छ भने शान्तिनगर र गढवामा झिनो मतसहित प्रतिष्पर्धात्मकरुपमा अग्रता लिएको छ ।

माओवादी केन्द्रले बंगलाचुलीमा कांग्रेससँग, राप्तीमा राजमोसँग र गढवामा एकीकृत समाजवादी र राजमोसँग गठबन्धन गरेको छ । एक्लै चुनाव लडेको भारतको सीमावर्ती गाउँपालिकामा माओवादीले फराकिलो मतान्तरसहित अग्रता लिएको छ । माओवादीले दाङमा अहिलेसम्म चार वडा जितेको छ । कांग्रेस र एमालेले पनि चार चार वडा जितेका छन् ।

अहिलेसम्म दंशीशरण र बबइमा कांग्रेसको अग्रता छ भने गठबन्धन रहेको घोराही उपमहानगरपालिकामा झिनो मनान्तरसहित गठबन्धनको अग्रता छ ।

कमेन्ट गर्नुहोस्