थाहा नगरपालिका-३ मा माओवादी केन्द्रको प्यानल नै विजयी

मकवानपुर। थाहा नगरपालिकाको वडा नम्बर ३ मा वडाअध्यक्षसहित नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ।

माओवादी केन्द्रका हिरेन्द्र रायमाझीले ७५९ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुजनकुमार रायमाझीले ५७० मत प्राप्त गरेका हुन्।

राष्ट्रिय जनमोर्चाका वडाअध्यक्षका प्रत्यासी दिनेश विष्टले ४६४ मत प्राप्त गरे। राप्रपाका प्रमोद केसीले ३४ मत प्राप्त गरेका छन्।

कमेन्ट गर्नुहोस्