स्याङ्जाको गल्याङ–६ को वडाध्यक्षमा २६ वर्षीय युवा विजयी

स्याङ्जा । जिल्लाको गल्याङ नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

वडामा कांग्रेसका दिप गुरुङ (छिरिङ)ले ७ सय ५० मत ल्याई विजयी भएका हुन् । नगरपालिकामा गठबन्धन नबनेपनि उनी माओवादी र कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका थिए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का तुल्सी भुसालले ६ सय १७ मत ल्याए । २६ वर्षका उनी जिल्लाकै कान्छो उम्मेदवारसमेत हुन् ।

विजयी भएसँगै गुरुङले भौगोलिक रूपमा पछि परेको वडा नम्बर ६ मा शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीको सुविधा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अंग्रेजी माध्यमको पढाइ नपाएर अधिकांश स्थानीय गाउँ छोडिरहेको सन्दर्भमा गाउँमै अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने उनको योजना छ ।

कमेन्ट गर्नुहोस्