कैलाली । कैलालीको गोदावरी नगरपालिका–११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला विजयी भएका छन् । गोदावरी नगरपालिका एमाले नेता लेखराज भट्टको निर्वाचन क्षेत्र हो ।
उनले १ हजार ७० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका शिव विकले ५६९ मत पाए ।
वडामा एमालेका उम्मेदवार भीम विक तेस्रो भएका छन् । उनले ४०४ मत पाएका छन् । बडैलाले खरायो चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।