कैलाली। पुर्वमन्त्री लेखराज भट्टको गृह वडा कैलालीको गोदावरी–१ मा कांग्रेसका गोपालदत्त भट्ट प्यानल सहित विजयी भएका छन् ।
कुल ४२८० मत खसेकोमा भट्ट १४७८ मतका साथ विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका शर्मानन्द भट्टले १३९१ मत प्राप्त गरेका छन् । वडा नम्बर १ लाई विशेष चासोका साथ हेरीएको थियो ।
एमालेबाट मेयरका उम्मेदवार गोकर्ण भट्टको गृह वडा पनी यहि हो । कांग्रेसका भट्टसंग हार व्यहोरेका शर्मानन्द भट्ट गत चुनावमा माओवादीबाट विजयी भएका एक्ला वडाअध्यक्ष थिए । एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजीत भएपछी उनी नेकपा एमालेतिर गएका थिए ।