गल्याङ नगरपालिका प्रमुख र उप–प्रमुखमा कांग्रेस विजयी

स्याङ्जा । स्याङ्जा जिल्ला गल्याङ नगरपालिकाको नगरप्रमुखमा नेपाली काङ्ग्रेसका गुरु प्रसाद भट्टराई ९६२१ मत सहित बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुर्य प्रसाद गैह्रे (पारस)ले ८९२२ मत प्राप्त गरे । भट्टराईले ६९९ मतान्तरलेसुर्य प्रसाद गैह्रे (पारस)लाई पछि पार्दै विजय हासिल गरेका हुन्

यस्तै उप–प्रमुखमा नेपाली काङ्ग्रेसका हेमा न्यौपानेले ९११८ मत सहित बिजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देबिसरा थापाले ९०५५ मत ल्याएकी छन् । उनी ६३ मतान्तरले देवीसरालाई पछि पार्दै उप–प्रमुख बन्न सफल भएकी हुन् ।

२०७४ को स्थानीय निर्वाचनमा एमालेले दुवै पदमा विजय हासिल गरेको थियो । यो पटक भने नेपाली कांग्रेसले एमालेले जितेको उक्त पालिकामा आफ्नो झण्डा गाडेको हो ।

कमेन्ट गर्नुहोस्