भरतपुरको मेयरमा रेनु दाहाल २४६ मतले अगाडि

चितवन । चितवनको भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रका रेनु दाहालले एमाले उम्मेदवार विजय सुवेदीभन्दा २४६ मतले अग्रता लिएकी छन् । २० हजार ४ सय ९५ मत गणना गर्दा दाहालले ६ हजार ९ सय २७ मत ल्याउँदै अग्रता लिएकी हुन् ।

त्यस्तै एमालेका विजय सुवेदीले ६ हजार ६७२ मत ल्याएर पछ्याउँदै छन् । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३९१ मत ल्याएका छन् । उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारी ८ हजार ४२८ मतसहित अघि छन् । त्यस्तै एमालेका हिमला गुरुङः ५ हजार ५०० मत ल्याएर उनलाई पछ्याउँदै छन् ।

कमेन्ट गर्नुहोस्