मोरङ । मोरङ जिल्लाको बुढिगंगा गाउँपालिका–५ मा माओवादी केन्द्रले विजयको झण्डा गाडेको छ । नेकपा एमालेका प्रतिस्पर्धीलाई पराजित गर्दै माओवादी केन्द्रका देवेन्द्र प्रसाद दाहालको प्यानलै विजय भएको छ ।
यसअघि एमालेले जितेको उक्त वडामा माओवादीले पहिलो पटक विजयको झण्डा फहराएको हो । युवा नेता जीवन आर्चाय चुनावी कमान्डरको रुपमा निर्वाचनमा खटिएर एमालेको किल्लालाई पूर्ण रुपमा माओवादीमय बनाउन सफल भएको भन्दै एक स्थानीय माओवादी नेताले बुढिगंगा माओवादीमय बनाउने अभियान सुरु भएको बताए ।