एमाले कार्यकर्ताको ज्यानमार्ने धम्किसहितको कुटाई थला परेका गोतामे भन्छन्, –प्रहरी आफ्नो दाइत्वबाट पन्छिन खोज्यो

स्याङ्जा । वालिङ नगरपालिका वडा–१२ छाप लाम्पातेका भक्त गोतामेले ज्यान मार्ने धम्कि सहित एमालेका कार्यकर्ताद्धारा कुटिदा समेत वालिङ डिएसपीले सहयोग नगरेको बताएका छन् ।उनले प्रहरी जनताको जिउधनको सुरक्षा गर्ने दाईत्वबाट पन्छिन खोजेको बताएका छन् । उनलाई वैशाख २९ गते वालिङबाट गाउँजादै गर्दा साँझ साढे नौ बजे धनमुडाको भंज्याङ्गमा २० /२५ जना एमाले कार्यकर्ताले ढुङ्गा , लाठीले आक्रमण गरेका थिए ।

आक्रमणबाट घाइते गोतामे वालिङ् हेलपोस्टमा प्राथमिक उपचार पछि पोखरा जेमसीमा उपचार गराएर वालिङस्थित आफ्नै निवासमा आराम गरेका छन् । सिर्सेकोटमा एमालेले माओवादी नेता गोतामेको कारण चुनाव हार्ने आकलन गरेर आफु माथी आक्रमन भएको भक्त गोतामेले बताए । एमालेका कार्यकर्ताको कुटाईबाट गोतामेको दाइने खुट्टाको जोर्नी घुडा माथीको हड्डी फुटेको र दाइने हातको हड्डी फुटेको छ ।
आफुलाई कुटपिट गरि ज्यान मार्ने धम्कि दिनेहरु विरुद्ध प्रहरीमा उजुरी दिएको भएपनि वालिङका डिएसपी ठकेन्द्र खतिवडाले बेवास्ता गरेको घाईते गोतामेको भनाई छ । वालिङका डिएसपी ठकेन्द्र खतिवडाले भने आफु मतगणनामा व्यस्त भएकाका कारण कुटपिट गर्नेहरुसँग छलफल गर्न नपाएको बताए । उनले भने, “म घाईतेसँग नियमित संपर्कमा छु, मतगणना सकिए लगत्तै घाइते र कुटपिट गर्नेहरुलाई सँगै बसालेर छलफल गराउँछु । ”
तर घाईत भक्त गोतामेले डिएसपीले आफुलाई सम्पर्क नगरेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्