मकवानपुरगढीमा कांग्रेस र माओवादीका उम्मेदवार निर्वाचित

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दोर्जे लामा स्याङ्तान निर्वाचित भएका छन् । स्याङ्तानले १ हजार ६१ मत अन्तरले नेकपा एमालेका उम्मेदवार बिदुर हुमागाईंलाई पराजित गरे ।

उनले ६ हजार ७०६ मत प्राप्त गर्दा हुमागाईंले ५ हजार ६४५ मत ल्याए ।

गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मानकुमारी पाख्रिन नेपाली निर्वाचित भएकी छन् । उनले ६ हजार ११० मत पाउँदा एमालेका सन्तु थिङले ५ हजार २०४ मत ल्याए ।

कमेन्ट गर्नुहोस्