भरतपुरमा रेनु र विजयको मतअन्तर कति ?

चितवन । भरतपुर महानरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्।

१७ हजार २६६ मत गणना हुँदा दाहालले ७४७१ मत प्राप्त गरेकी छन् भने एमाले उम्मेदवार विजय सुवेदीले ७०९८ मत पाएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ५९४ मत पाएका छन्।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसको अग्रता रहेको छ। उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ९८९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ८४० मत पाएकी छन्। उनीहरुबीच ३ हजार १४९ मतको अन्तर रहेको छ।

कमेन्ट गर्नुहोस्