ज्वाइँलाई हराउँदै जेठान बने मध्यपुर थिमिको मेयर

भक्त्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान मेयरमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्ना ज्वाइँ नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई हराएर मेयर बनेका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार मेयरमा निर्वाचित सुरेन्द्रले १५ हजार ९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी उम्मेदवार एमालेका मदनसुन्दर (जगूल) श्रेष्ठले ११ हजार ३५ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेकी उत्तरा नेपालले ८ हजार ९६३ मत ल्याएर पराजित भइन् ।

कमेन्ट गर्नुहोस्