४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको परिणाममा नेपाली कांग्रेस १ सय ८८ वटा स्थानीय तह विजयी भएको छ। नेकपा एमाले १ सय१७ पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ८३ पालिकामा विजयी भएको छ। एकीकृत समाजवादी ७ ठाउँमा विजयी हुँदा जनता समाजवादी पार्टीले ५ वटा पालिका विजयी भएको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ वटा पालिका विजयी भएको छ। अन्य १० स्थानमा स्वतन्त्र तथा अन्य दलहरुले विजयी भएका छन् । हाल मतगणना जारी रहेका ठाउँहरुमध्ये १ सय २९ ठाउँमा कांग्रेस अगाडि छ भने ८३ ठाउँमा एमाले तथा ३३ ठाउँमा माओवादी केन्द्र अगाडि रहेको छ।

३० ठाउँमा जसपा, १६ ठाउँमा एकिकृत समाजवादी, १० ठाउँमा लोसपा तथा १६ ठाउँमा अन्य उम्मेदवारहरु अगाडि रहेका छन्।

कमेन्ट गर्नुहोस्