खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनकातर्फबाट नगर प्रमुखमा कांग्रेसका उम्मेदवार तिर्थराज भट्टराई र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार बिसन राई विजयी भएका छन् ।
भट्टराईले नेकपा एमालेका उम्मेदवार कुमार आचार्यलाई ४ हजार ३९३ मतले पछि पारे । भट्टराईले ११ हजार ३८९ मत पाउँदा आचार्यले ६ हजार ९९६ मत पाएको कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रका बिसन राईले १० हजार ४३८ मतसहित उपमेयर पदमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विणादेबी राईले ७ हजार ३१९ मत पाइन् । विणादेवी निवर्तमान उपमेयर हुन् ।
१५ वडा रहेको नगरपालिकामा माओवादी केन्द्रका ६, कांग्रेसका ४, एमालेका ३ र जसपाका २ जना वडाध्यक्ष निर्वाचित भएका छन् ।