पर्सामा २१ वर्षीय युवक गाउँपालिकाको अध्यक्षमा निर्वाचित

पर्सा । पर्सामा २१ वर्षीय युवा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । जिल्लाको कालिकामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का उम्मेदवार वशिष्ट गुप्ता निर्वाचित भएका हुन् ।

भारतको देहरादुनबाट बीबीएसम्म अध्ययन गरेका छन् । उनले ११७ मतान्तरले कांग्रेसका उम्मेदवार अजय पटेललाई पराजित गरेका हुन् । वशिष्टले ३ हजार ७ सय ४३ मत ल्याएका छन् भने कांग्रेसका अजयले ३ हजार ६२६ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी राजमती बरैनी विजयी भइन् । उनले सहानी खातुनलाई १ सय ११ मतले हराउँदै विजयी भएकी हुन् । राजमतीले ३ हजार ९८२ मत ल्याएकी छन् । जसपाकी खातुनले ३ हजार ८५९ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्