काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाख उर्फ बालेनले १८ हजार मत कटाउनु भएको छ ।
यो समाचार तयारपार्दासम्मको ताजा मत परिणामअनुसार शाहले १८ हजार चार सय २१ मत पाउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापितभन्दा आठ हजार सात सय ८३ मतले अगाडि देखिनुभएको छ ।
एमालेका स्थापितले अहिलेसम्म नौ हजार ६ सय ३८ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले आठ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपमेयरमा भने एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ । उहाँले १७ हजार आठ सय २६ मत प्राप्त गर्नुभएको छ ।