सीता थापा जो ०७४ मा एमालेबाट हारिन् अहिले एमालेलाई हराईन्

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापा विजयी भएकी छन् । उनले ९ हजार ७ सय २६ मत ल्याएर विजयी भएकी हुन् ।

थापा २०७४ को चुनावमा एमालेबाट उपमेयर उम्मेदवार बनेकी थिइन् र पराजित पनि । अहिले एमालेकी बालकुमारी सापकोटालाई पराजित गरेर नेकपा एसबाट थापा उपमेयरमा विजयी भएकी हुन् । थापाकी प्रतिष्पर्धी सापकोटाले भने ६ हजार ८ सय ७७ मत ल्याएकी छन् ।

थापा एमालेको विद्यार्थी राजनीतिबाट आएकी हुन् पार्टी फुटेपछि नेकपा एस रोजेकी हुन् ।

अघिल्लो चुनावको अनुभव, पार्टी र मतदाताको साथ सहयोगले आफू विजयी भएको उनले बताइन् । चुनावमा आफूले गरेका प्रतिबद्धता अनुसार जनताको काम गर्ने उनको उठोट छ।

यसपटक चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र र नेकपा एसबीच गठबन्धन भएको थियो ।

कमेन्ट गर्नुहोस्