सिन्धुलीको सुनकोसी गाउँपालिकाको अध्यक्षमा माओवादी,उपाध्यक्षमा कांग्रेस

काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल विजयी भएकी छिन् ।

यसैगरी उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली कांग्रेसका कपिल कोइराला विजयी भएका छन् ।
अध्यक्षमा दाहालले ५ हजार ३७६ मत ल्याएर विजय हासिल गरिन् । दाहालका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रोमनराज गिरीले ५हजार ९८ मत ल्याए । अध्यक्षमा निर्वाचित दाहाल सोही गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् ।

उपाध्यक्षमा गठबन्धनबाट निर्वाचित कोइरालाले ६ हजार ५९४ मत प्राप्त गरिन् । कोइरालाका निकटतम प्रतिस्पर्धी एमालेकी हेमा अधिकारीले ३ हजार ९५८ मत प्राप्त गरिन् । ७ वडा रहेको सुनकोसीमा ४ वटा वडा कांग्रेस, २ वटा वडा माओवादी र एउटा वडा एमालेले जितेको छ । वडा नम्बर १ देखि ४ सम्म कांग्रेस, ५ र ६ माओवादी केन्द्र र ७ मा एमालेले जितको छ ।

कमेन्ट गर्नुहोस्