भरतपुरमा विजयभन्दा ३ हजार बढीको फराकिलो मतान्तरमा रेनुको अग्रता कायमै

भरतपुर – भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३ हजार १२६ मतले अगाडि रहेकी छन् ।

पछिल्लो मत परिणाम अनुसार दाहालले १५५१३ मत ल्याएकी छन् । एमालेका विजयी सुवेदीले १२३८७
मत पाएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ५५९ मत पाउँदा राप्रपाका हिमला गुरुङले ९ हजार ७६१ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्