काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाको गृहपालिका काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङले जित हात पारेका छन् ।
तमाङले ९ हजार ४ सय ६ मत ल्याएर विजयी भए भने उनका मूख्य प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार विदुरप्रसाद सापकोटाले ८ हजार ३ सय ५१ मत ल्याएर पराजित भए ।
मण्डनदेउपुरमा एकीकृत समाजवादी र नेपाली काँग्रेसबीच गठबन्धन भएको थियो ।