अब १ सय ६८ स्थानीय तहको नतिजा आउन बाँकी

काठमाडौं । देशभर भएको स्थानीय तह निर्वाचनमध्ये ५ सय ८३ स्थानको मत परिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७ सय ५१ स्थानीय तहको निर्वाचनमध्ये अब १ सय ६८ स्थानको मात्रै नतिजा आउन बाँकी रहेको छ ।

हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली काँग्रेसले सबैभन्दा बढी २ सय ५८ प्रमुख तथा अध्यक्ष र २ सय ४२ उप प्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ । काँग्रेस अझै ६४ प्रमुख तथा अध्यक्ष अनि ६४ उपप्रमुख तथा उपाध्यक्ष पदमा अगाडी रहेको छ ।

यस्तै नेकपा एमालेले १ सय ६६ प्रमुख तथा अध्यक्ष अनि १ सय ७९ उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ भने ३२ प्रमुख तथा अध्यक्ष अनि ५४ उपप्रमुख तथा उपाध्यक्ष पदमा अग्रता बनाइराखेको छ । नेकपा माओवादी केन्द्रले हालसम्म १ सय ६ प्रमुख तथा अध्यक्ष अनि १ सय १४ उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ । जबकी १३ प्रमुख तथा अध्यक्ष अनि उपप्रमुख तथा उपाध्यक्षमा १२ स्थानमा अगाडी रहेको छ । जनता समाजवादी पार्टीले १६ प्रमुख तथा अध्यक्ष अनि १५ उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ ।

जसपाले हालसम्म १९ प्रमुख तथा अध्यक्ष अनि १५ उपप्रमुख तथा उपाध्यक्षमा अग्रता बनाएको छ । एकीकृत समाजवादीले १४ प्रमुख तथा अध्यक्ष अनि १५ उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ । एकीकृत समाजवादी ५ प्रमुख तथा अध्यक्ष अनि ४ उपप्रमुख तथा उपाध्यक्षमा अगाडी रहेको छ । लोकतान्त्रिक समाजवादीले ३ अध्यक्ष तथा प्रमुख अनि ४ उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हात पारेको छ ।

लोसपा अझै ९ प्रमुख तथा अध्यक्ष अनि ६ उपप्रमुख तथा उपाध्यक्षमा अगाडी रहेको छ । अन्य तर्फका २० जनाले प्रमुख तथा अध्यक्षमा जित हात पारेका छन् भने १३ जनाले उपप्रमुख तथा उपाध्यक्षमा जित हात पारेका छन् । अन्य तर्फका अझै १३ जना प्रमुख तथा अध्यक्षका लागि अग्रता बनाएका छन् भने उपप्रमुख तथा उपाध्यक्ष तर्फ ४ जनाले अग्रता बनाएका छन् ।

कमेन्ट गर्नुहोस्