नेपालले गुमायो युगान्डाविरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज

काठमाडौं । नेपालले युगान्डाविरुद्धको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज गुमाएको छ । लगातार तीन खेलमा हात व्यहोरेको नेपालले पाहुना टोली युगान्डाविरुद्धको ५ खेलको अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिज दुई खेल अगावै गुमाएको हो ।

टियु क्रिकेट मैदानमा आज भएको तेस्रो टी–ट्वान्टीमा नेपाललाई ६ विकेटले हराउँदै युगान्डाले दुई खेल अगावै सिरिज जितेको छ । जितसँगै युगान्डाले ५ खेलको सिरिजमा ३–० को अग्रता बनाएको छ । नेपालले दिएको १ सय रनको लक्ष्य युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । युगान्डाको जितमा केभिन विनोले अविजित रहदै ४२ रन जोड्नुभयो भने जेनेट बाबाजीले २७ रन बनाउनुभयो ।

ेपालका कविता कुँवरले २ विकेट लिँदा कप्तान रुबिना क्षेत्री र इन्दु वर्माले १÷१ विकेट लिनुभयो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग भोलि चौंथो र शनिवार अन्तिम टी–ट्वान्टी खेल खेल्नेछ ।

कमेन्ट गर्नुहोस्