थप १२ जनामा कोरोना, ९ डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ६ सय २७ कोरोना परीक्षण गरिएको छ ।

जसमा २ हजार ५ सय ८० आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १२ र १ हजार ४७ एन्टीजेन परीक्षण गर्दा शून्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ९ जना स्वस्थ भएका छन् ।

योसँगै कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६६ हजार ९ सय ३८ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ५० रहेको छ । गत २४ घन्टामा देशभर कसैको पनि कोरोनाका कारण मृत्यु भएको छैन ।

कमेन्ट गर्नुहोस्