भारतमा हुने २० वर्षमुनिको साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । भारतमा आयोजना हुने २० वर्षमुनिको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसिया फुटबल फेडेरेसनले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ ।

खेल जुलाई २५ तारिखमा भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।

त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।

च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्