विष्णु पौडेलको वडामा काँग्रेस विजयी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेपाली काँग्रेसले जिवयी भएको छ । एमालेका बुटवल पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३५ मतान्तरले पछि पार्दै काँग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका हुन् । अघिल्लो पटक एमालेले जितेका वडा अहिले काँग्रेसले खोसेको हो ।

एमालेको गढको मानिएको उक्त वडामा ३ हजार ४३० मत खसेको थियो । यो वडामा बुटवलका पूर्व मेयर तथा एमाले नेता भोजप्रसाद श्रेष्ठको पनि घर छ । वडा सदस्यमा भने एमालेका सीता खनाल, सबिता विक, माओवादीका हरि ज्ञवाली र जनमुक्तिका तुलबहादुर थापा विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्