धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ गठबन्धन भन्दा झन्डै १३ सय मतले अगाडि

सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै छ । उनी एक हजार दुई सय ९७ मतले अघि छन् ।

अहिलेसम्म गणनामा स्वतन्त्रका उम्मेदवार साम्पाङले १२ हजार १५ प्राप्त गरे । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १० हजार सात सय १८ मत प्राप्त गरेका छन्।

नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले आठ हजार सात सय ३९ मत प्राप्त गरे ।

यसैगरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १२ हजार तीन सय ७६ मत प्राप्त गरी अग्रता बनाइरहनुभएको छ । उहाँलाई नेकपा एमालेका पदम इस्बो लिम्बूले ११ हजार सात सय ६५ मतसहित पछ्यारहनुभएको छ ।

कमेन्ट गर्नुहोस्