उपमहानगरमा पहिलो पटक मेयरमा महिला, हेटौंडामा एकीकृत समाजवादी विजयी

काठमाडौं । देशभर भएका ११ वटा उपमहानगरमध्ये पहिलो पटक नेतृत्वमा महिला मेयर पाएको छ । हेटौंडा उपमहानगरपालिकाले महिला मेयर जिताएको हो । एकीकृत समाजवादीकी उम्मेदवार मिना लामा उपमहानगरको मेयरमा विजयी भएकी हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेका राप्रपाका दीपक सिंह पराजित भएका हुन् । लामाले झन्डै ३ हजार मतान्तरको अग्रता लिएर विजयी भएकी हुन् । उनको गणना गर्न बाँकी रहेको मत भन्दा अग्रता लिएको मत धेरै भएकाले जित सुनिश्चित भएको हो ।

कमेन्ट गर्नुहोस्