भरतपुर । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता फराकिलो मतान्तरसँगै बढ्दै छ । दाहालले एमालेका विजय सुवेदीलाई पछि पार्दै अग्रत कायम गरेकी हुन् ।
दाहालले २३ हजार १५४ मत पाउँदा सुवेदी १९ हजार ७२२ मतका साथ पछिपछि रहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ४ हजार बढि छ ।