बाजुराको बुढीगंगामा बुथ कब्जा गरेको भन्दै पुनः मतदान गराउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका पुन मतदान गर्न माग गरेको छ।

निर्वाचनको मतदानका क्रममा उक्त नगरपालिकाको विभिन्न केन्द्रमा नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरुलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखि (बुथ कब्जा गरी) फर्जी मत हालेको आरोप कांग्रेसले लगाएको छ।

भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई चुनौति दिँदै उक्त कार्य भएकाले पुनः निर्वाचन गराउनुपर्ने माग कांग्रेसले गरेको छ। निर्वाचनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधि र मतदातालाई सुरक्षित राख्नका लागि निषेधाज्ञा ९कफ्र्यू० जारी गर्नु परेको घटनाले स्थिति निकै भयावह भएको दाबी कांग्रेसले गरेको छ।

ुबढ्दो असुरक्षा र भयरहित वातावरणमा निर्वाचन गर्ने अवस्था नभएका कारण सदरमुकाम पुगेर राजीनामा दिइसक्नुभएका निर्वाचन अधिकृतलाई घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरु बुझ्न बाध्य पारिएको दाबी कांग्रेका मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्