उपत्यकाका बुंगुर र सुँगुरमा अफ्रिकन स्वाइन फिभर

काठमाडौं । काठमाडौं उपत्यका विभिन्न ठाउँमा पालिएका बुङ्गुरमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । यो रोगका कारण १ हजार १९ सुँगुर तथा बुङ्गुर मरेको पशुसेवा विभागले जनाएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बुङ्गुर मर्न थालेपछि नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको हो ।

पशु सेवा विभागबाट खटिएका प्राविधिक टोलीले प्रदेश र पालिकाका पशु सेवासँग सम्बन्धित निकायसँग सहकार्यमा रोगको सघन निगरानी गर्ने क्रममा कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली र ललितपुरको गोदावरी क्षेत्र र भक्तपुरको चाँगुनारायण क्षेत्रमा पालिएका फार्ममा रोग देखा परेको पाइएको हो ।

यो रोग बुङ्गुरमा नेपालमा पहिलो पटक देखा परेको हो । विभागका महानिर्देशक डा। रामनन्दन तिवारीले उपत्यकाका बुङ्गुरमा यो रोग देखापरेकाले अन्यन्त्र फैलिन नदिन सतर्कता अपनाइएको बताए ।

कमेन्ट गर्नुहोस्