विराटनगरको मेयरमा काँग्रेसका नागेश कोइराला निर्वाचित

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार नागेश कोइराला विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले मध्यराति सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोइराला ३० हजार १ सय ७० मत ल्याएर विजयी हुनुभएको हो ।

कोइरालाले आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार सागरकुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गर्नुभएको छ । थापाले २१ हजार ४ सय ५५ मत पाउनुभयो ।

त्यस्तै, उपमेयरमा एमालेका शिल्पा कार्की विजयी भएको छ । उहाँले गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवलाई हराउनुभयो ।

बाँकी ५ महानगरको मतगणना जारी छ । बाँबी ५ मध्ये काठमाडौमा स्वतन्त्रतर्फका उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ अग्र स्थानमा हुनुहुन्छ भने अरुमा गठबन्धका उम्मेदवार अगाडि रहेका छन् एमालेले पछ्याइरहेको छ ।

कमेन्ट गर्नुहोस्