मोरङको रङ्गेलीमा बढी मत भेटिएको विषयमा अनुसन्धान सुरु

मोरङ । मोरङको रङ्गेलीमा मतगणनाको क्रममा मुचुल्का उठाइएको भन्दा १०८ मत बढी फेला परेपछि सुरु भएको विवादबारे अनुसन्धान सुरु गरिएको छ ।

रङ्गेलीको वडा नम्बर ७ मा ३ हजार २४२ मत खसेको मुचुल्कामा उल्लेख छ । तर ३ हजार ३ सय ५० वटा मतपत्र भेटिएपछि विवाद सुरु भएको हो ।

मुचुल्का उठाइएको भन्दा १०७ मत बढी कसरी आयो भन्ने विषयमा प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कास्यप अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत प्रविणा ढकाल र कानेपोखरी गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले अनुसन्धान सुरु गर्नुभएको हो ।

त्यसमा केन्द्रीय अनुगमन समितिका संयोजक दीर्घराज मैनाली पनि रहनुभएको छ । मुचुल्काको विषयमा सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि निर्वाचन आयोगले खटाएको टोलीले अनुसन्धान सुरु गरेको हो । मुचुल्कामा कुरा नमिल्दा दुई दिनदेखि मतगणना रोकिएको छ ।

कमेन्ट गर्नुहोस्