झन् झन् कमजोर बन्दै बाबुराम , गण्डकीमा बने शुन्य

काठमाडौं । आफ्नै गृहनगरमा जित निकाल्न नसकेका जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद सदस्य डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशभरीबाटै कुनै सिट दिलाउन सकेनन् । गण्डकी मात्रै हैन अधिकाँश पहाडी जिल्लाहरुमा जसपाको अवस्था शुन्य छ ।

गण्डकी प्रदेशका १० जिल्लामा ८४ स्थानीय तह छन्। कास्कीको पोखरा महानगरपालिका र तनहुँको व्यास नगरपालिकाबाहेकका सबै स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ। परिणाम आउन बाँकी यी दुवै तहमा जसपाले जित्ने कुनै संभावना छैन ।

अहिले सम्म जसपाले कुनै एक सिट जितेको पनि छैन । भट्टराईको गृहजिल्ला गोरखाका १० तहमध्ये कुनैपनि तहमा जसपाले जित निकाल्न सकेन्। यति सम्मकी भट्टराईको गृह नगर पालुङटारमा पनि माओवादीले कब्जा जमायो । गोरखामा माओवादी केन्द्रले ९ र नेपाली कांग्रेसले २ पालिका प्रमुख जितेको छ। लमजुङका ८ स्थानीय तहमा एमाले र कांग्रेसले ४,४ वटा स्थानीय तहका प्रमुखमा जित निकालेको छ। तनहुँका ८ स्थानीय तहमध्ये नेपाली कांग्रेस ४, माओवादी केन्द्र १ र एमालेले ४ स्थानिय तहका प्रमुख जितेको छ। व्यास नगरपालिकाको भने अन्तिम मत परिणाम आउन बाँकी छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगरसमेत रहेको व्यासमा सुरुदेखि नै स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन्।

११ स्थानीय तह रहेको स्याङ्जामा नेपाली कांग्रेसले ५ र एमालेले ६ स्थानिय तहमा जित निकालेको छ। कास्कीमा एमालेले ४ र कांग्रेसले ४ स्थानिय तहका प्रमुख जितेको छ। ९ स्थानिय तह रहेको कास्कीमा पोखरा महानगरपालिकाको मतपरिणाम आउन बाँकी छ। यहाँ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता राखेका छन्।

मुस्ताङका ५ स्थानिय तहमध्ये एमालेले ४ र कांग्रेसले १ तहका प्रमुखमा जित निकालेको छ। पर्वतका ६ तहमध्ये एमाले ४ र कांग्रेस २ वटा तहका प्रमुखमा विजयी भएको छ। बाग्लुङका १० स्थानिय तहमध्ये कांग्रेस ६, माओवादी केन्द्र १, राष्ट्रिय जनमोर्चा २ र एमाले १ वटा तहका प्रमुखमा जित निकालेको छ। बर्दघाटका ८ स्थानीय तहमध्ये एमाले ६ र कांग्रेस २ तहमा विजयी भएको छ।

 

कमेन्ट गर्नुहोस्