काठमाडौं – मकवानपुरमा शनिबार साँझ भएको पिकअप भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरूको अहिलेसम्म पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये चालकसहित ३ जनाको हेटौंडा र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएको थियो ।