भरतपुरमा रेनु ७ हजार ३८८ मतले अगाडि

चितवन। भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन्। ८९ हजार ४०८मत गन्दा उनको अग्रता ७ हजार ३८८ रहेको छ। पछिल्लो मत परिणाम अनुसार उनले ३५ हजार ४९ मत प्राप्त गरेकी छन्। एमाले र राप्रपाको साझा उम्मेदवार विजय सुवेदीले २७ हजार ६६१ मत पाएका छन्।

अर्का प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८२३ मत पाएका छन्। उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ३७ हजार २७३ मतका साथ अग्रस्थानमा छन्। अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले २१ हजार ८८३ मत पाएकी छन्।

महानगरको वडा नम्बर १९ को जारी मतगणनामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन्। उनल ८८४ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी काँग्रेसका उम्मेदवारले ५२८ मत प्राप्त गरेका छन्। अहिले भरतपुरको वडा नम्बर १९ र २० को मत गणना भइरहको छ।

कमेन्ट गर्नुहोस्