कम्युनिष्टको खोल ओडेका प्रतिगामीलाई सबक सिकाउन गठबन्धन सफल भयो : पूर्व सांसद बिडारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद रामनारायण बिडारीले गठबन्धनबाट पार्टीलाई फाइदा–बेफाइदा भन्दा पनि कम्युनिस्टको खोल ओडेर प्रतिगामी काम गर्नेहरूलाई सबक सिकाएको बताएका छन् ।

नेता बिडारीले भने,“मत परिणामले गठबन्धनलाई फाइदा–बेफाइदाभन्दा पनि कम्युनिस्टको खोल ओडेर प्रतिगामी काम गर्नेहरूलाई सबक सिकाउन सफल भएको छ, सम्रगमा गठबन्धन सफल भयो भन्छु ।”

पाँच दल मिल्दा पनि धेरै ठाउँमा त गठबन्धनलाई एमालेले झापड हान्यो नि भन्ने प्रश्नमा नेता बिडारीले भने,“ तपाईले भनेको कुरामा यसो हो, भोट भन्ने कुरा मत भन्ने कुरा नआउने, शून्य हुने भन्ने हुँदैन, ठाउँ–ठाउँमा हिजोका पञ्च चुनाव लडेर जितेका छन त्यसको मतलब के अब पञ्चायत फुर्काउनुपर्छ भनेको हो र ? ।”

उनले पाँच दल एकातिर एमाले एकातिर नभएर प्रतिगामी सात दल एकातिर पाँच दलीय गठबन्धन अर्कोतिर भएको दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्