काठमाडौं। बलात्कारसम्बन्धी कानुन संशोधनको माग गर्दै नेपाल विद्यार्थी सङ्घले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई ज्ञापन बुझाएका छन् ।
नेपालको फौजदारी संहिता, २०७४ मा व्यवस्था भए बमोजिम बलात्कारसम्बन्धी कानुनमा बलात्कारविरुद्ध मुद्दा दर्ता गर्न पाउने हदम्याद संशोधन गर्न तथा उक्त कानुनमा बलात्कारको परिभाषा र प्रमाण सङ्कलनमा सुधार गर्न मागसहित आइतबार बिहान पत्र बुझाएको हो ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पासहितको टोलीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) मन्त्रीनिवास हरिहरभवन, पुल्चोक पुगेर ज्ञापनपत्र बुझाएको हो ।