भरतपुर-१९ मा एमालेका प्रकाश तामाङ विजयी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार द्रोण गुरुङलाई हराउँदै एमालेका प्रकाश तामाङ वडाध्यक्षमा विजयी भएका हुन् ।

५ वर्षअघिको स्थानीय तह निर्वाचनमा मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको मतगणना विवादमा तानिएको थियो । पछि सर्वोच्च अदालतको आदेशको बलमा भरतपुर–१९ मा पुन मतदान भएको थियो ।

कमेन्ट गर्नुहोस्