रेनुको अग्रता फराकिलो, कति ल्याइन् मत ?

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता झन्झन् पराकिलो बन्दै गएको छ ।

अहिले सवा ४ बजेको मतपरिणाम अनुसार दाहालले ३७ हजार ९२८ मत ल्याउँदा विजय सुवेदीले २९ हजार ६३३ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार ६३९ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङभन्दा अधिकारी १६ हजार ४२७ मतले अगाडि छन् । गुरुङले २३ हजार २१२ मत ल्याइकी छन् ।

कमेन्ट गर्नुहोस्