नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय

काठमाडौं । राजनीतिज्ञ तथा पूर्व क्रिकेट खेलाडी नवजोत सिंह सिद्धु अहिले जेल सजाय भोगिरहेका छन् । भारतको सर्वोच्च अदालतले तीन दशक पुरानो रोड रेज मुद्दामा कांग्रेस नेता तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको हो । अदालतले एक वर्ष जेल सजाय सुनाएपछि उनी जेलमा छन् ।

पीडित परिवारले सिद्धुलाई सफाइ दिने सर्वोच्च अदालतको २०१८ को निर्णय विरुद्ध अपील दायर गरेका थिए । सर्वोच्च अदालतले आफ्नो २०१८ को फैसलामा नवजोत सिंह सिद्धुलाई अनैच्छिक हत्याको आरोपबाट मुक्त गर्यो र तीन वर्षको सजायलाई एक हजार रुपैयाँ जरिवानामा बदलेको थियो ।

२७ डिसेम्बर १९८७ मा सिद्धुको ६५ वर्षीय गुरनाम सिंहलाई पटियालाको पार्किङमा झडप भएको थियो । पछि गुरनाम सिंहको मृत्यु भयो । सिद्धुविरुद्ध अनैच्छिक हत्याको मुद्दा दर्ता भएको थियो ।

सर्वोच्च अदालतले सन् २०१८ मा सिद्धुलाई सफाइ दिएको थियो । त्यसविरुद्ध अर्को पक्षले पुनरावेदन दायर गरेको थियो । यस अपीलमा अब अदालतले सिद्धुलाई दोषी ठहर गर्दै एक वर्षको जेल सजाय सुनाएको छ ।

जेल सजाय सुनाएको २४ घण्टापछि उनले पटियालाको एक अदालतमा आत्मसमर्पण गरेका थिए । उनको मेडिकल जाँच गरेपछि जेलमा लगिएको हो ।

कमेन्ट गर्नुहोस्