नेपाली जातैले ‘कवि’ हुन् अब सबैको नामको पछि लेखिदिए हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरू जातैले कवि रहेको बताएका छन् । आज आइतबार कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले अब हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुन बताएका हुन् ।

ओलीले भने–उहिल्यै लिपी पैदा हुनुभन्दा अघि पनि गाउँथे, काव्य रचना गर्थे । काव्यको रचना‚ छन्दको रचना यस भूमिमा थियो भन्ने कुरा गर्न खुसी लाग्छ ।’

उनले दोहोरी खेल्न पनि नेपालीहरू अब्बल रहेको बताए । उनले भने, ‘नेपालमा जस्तो दोहोरी खेल्‍न कसैले सक्छ ? भन्ने मात्रै होइन नि‚ खुत्रुक्कै गरी भन्छ ? कसरी भन्छ त्यो काव्यता, लय कसरी आउँछ ,’ उनले भने, ‘कहिलेकाहीँ नबुझेर एकछिन हाँस उठ्छ । मर्मको गहिराइमा पुगेपछि बल्ल थाहा हुन्छ । कति महान् कवित्व त्यहाँ प्रकट भएको हुन्छ ।’

कमेन्ट गर्नुहोस्