आज थप ६ जनामा कोरोना, १३ डिस्चार्ज

काठमाडौं । नेपालमा आज आइतबार थप ६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

२ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्