१ लाख १६ हजार बढि मतगणना हुँदा बालेनले झन् बढाए अग्रता, सिर्जना र स्थापितको कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना निकै रोचक बनेको छ । मतगणनाको सुरुवाती चरणदेखि नै मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ ले निरन्तर अग्रता कायम गरेका छन् ।

१ लाख १६ हजार ८८५ गणनामा शाहले ४१ हजार २७९ मत ल्याएका छन्। पछिल्लो मतगणनाअनुसार कांग्रेसका सिर्जना सिंहले एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै अगाडि बढेकी छन्। अद्यावधिक मतपरिणामअनुसार सिंहले २३ हजार ८५५ मत ल्याएकी छन्।

सिंहलाई बालेनले १७ हजार ४२४ मतले पछि पारेका छन्। यस्तै स्थापितले २३ हजार २४ मत ल्याएका छन्। स्थापित र सिंहबीचको मतान्तर ८३१ छ।

कमेन्ट गर्नुहोस्