भरतपुरमा अवरूद्ध विद्युत सेवा सुरू हुन अझै पाँच दिन लाग्ने

चितवन । हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच दिन लाग्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार गत शुक्रबार साँझ आएको हावाहुरीका कारण भरतपुरका १ सय ४० विद्युत पोल ढलेका छन् ।

ती पोललाई व्यवस्थित गरेर पूर्णरुपमा विद्युत सञ्चालन गर्न अझै पाँच दिन लाग्ने केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलले बताउनुभयो । उहाँले अस्पताल र सुरक्षा निकाय, मतगणनास्थल, खानेपानीलगायत सम्वेदनशील क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विद्युत पुनःसञ्चालन गरिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्